ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीले गरे प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीले गरे प्रदर्शन


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैङ्कको व्याजदर एकल अङ्कमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरूको माग छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैङ्कले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरूलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र सैनामैना उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनपछि बोल्दै उद्योगी व्यवसायीका अगुवाहरूले कोभिड-१९ को महामारीबाट थलिएको निजी क्षेत्र तरलता अभाव र चर्को ब्याजदरका कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस