त्रिवि उपकुलपति कार्यालयमा पुनः ताला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिवि उपकुलपति कार्यालयमा पुनः ताला


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी सङ्घले फेरि ताला लगाएको छ ।

गत असार २७ गते लगाएको ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरी ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ । तर कसैको नाम अथवा हस्ताक्षर भने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस