हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुन: सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुन: सुरु


३१ आश्विन २०७९, सोमबार


मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका-३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् ।

खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस