२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछापुच्छ्रे र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

अ+ अ-

पोखरा । प्रकृतिको क्रिडाभूमि पोखरा सहरमा यति बेला खेलकुदको कुम्भमेला चलिरहेको छ । झण्डै चार दशकपछि यहाँको खेलमैदानमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ खेलमध्ये १० खेल गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेका छन् भने बाँकी २६ खेल पोखराको खेल मैदानमा भइरहेका छन् । ११ टोलीका छ हजार एक सय ५७ खेलाडीमा चार हजार ५०० बढी खेलाडी भने पोखराको खेल मैदानमा छन् ।

यति बेला पोखराको मौसम पनि निकै स्वच्छ भएको छ । खुलेको आकाश र सेतो हिमशृङ्खलाले यहाँ आउने जो कोहीलाई मोहित पार्छ नै त्यसमाथि पृष्ठभूमिमा माछापुच्छ्रे र अन्नपूर्ण साक्षी राखेर खेलमैदानमा उत्रेका खेलाडी पनि उत्तिकै दङ्ग देखिन्छन् । आइतबार क्रिकेट खेलका लागि तयार हुँदै गर्दा महिला क्रिकेट टोलीको मधेस प्रदेशकी क्याप्टेन कविता गौतम निकै उत्साहित देखिन्थिन्। खेल मैदानबाट टलक्क टल्केको माछापुच्छ्रेतिर आँखा लगाउँदै उनले भनिन्, ‘यहाँको स्वच्छ र सुन्दर वातावरणले बेग्लै मज्जा आउँछ, सुन्दर र स्वच्छ देखिएको हिमाल हेर्दै आनन्द लाग्ने, यस्ता दृश्यले खेलाडीलाई निकै ऊर्जा थप्छ’, क्याप्टेन गौतमले करिब १० वर्षअघि पोखराको खेल मैदानबाट आफ्नो टोलीले स्वर्णपदक जितेको अनुभवलाई ताजा बनाउँदै भनिन्, ‘खेलाडीले जहाँ गए पनि खेल त खेल्ने हो तर पोखराको मैदानमा खेल्दाको अनुभूति बेग्लै र आनन्ददायक लाग्छ, यो सुन्दर सहर पोखराको विशेषता हो ।’

उनले अहिले पनि पोखराको खेल मैदानमा माछापुच्छ्रे साक्षी राखेर खेल्दा निकै उत्साह थपिएको बताइन्। ‘खेलमा हार जितभन्दा पहिला खेल्ने उत्साह महत्त्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ ।’

नेपाल महिला क्रिकेट टोलीकी क्याप्टेन रुविना क्षेत्री पनि पोखराको सुन्दरताले खेलाडीलाई बेग्लै ऊर्जा थप्ने बताइन् ।’माछापुच्छ्रे र अन्नपूर्णको हिमशृङ्खलाको काखमा रहेको पोखरा रङ्गशालाको खेल मैदानमा खेल्दा क्रिकेट खेलाडीलाई निकै उत्साहित बनाउँछ, पोखराको सुन्दरता अनुपम छ’, उनले देश विदेशका विभिन्न खेल मैदानमा पुगेर खेल प्रदर्शन गरेको अनुभव भए पनि पोखराको सुन्दरताले गजबको ऊर्जा थप्ने अनुभव सुनाइन् ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगबहादुर टमाटाले पोखरा सहरको सुन्दरता अवर्णित रहेको बताए । ‘खेलाडीका लागि सबैभन्दा पहिला प्रफुल्ल मन र आत्मविश्वास आवश्यक पर्छ, पोखराको खेल मैदानमा उत्रेका सबै खेलाडीमा यो भाव देखिन्छ, पोखराको खेलमैदानले यो ऊर्जा खेलाडीमा जगाएको छ ।’ उनले भने, पोखरालाई ‘स्पोर्टस्को सिटी’ भनेर पनि चिनिन्छ । ‘म पनि २०४० सालमा पोखराको मैदानमै खेलेको खेलाडी हुँ, यहाँका सुन्दर दृश्यले अन्तर्राष्ट्रिय खेलाडीलाई पनि उत्तिकै लोभ्याउँछ । स्वच्छ र सफा वातावरण सधैँ खेलाडीको रोजाइ हुने गर्दछ जुन पोखरामा छ ।’

मुख्य प्रशिक्षक टमटाका अनुसार अहिले दुई वटा विभागीयसहित नौ वटा क्रिकेट टोली प्रतियोगितामा सहभागी छन् । खेलाडीका लागि राज्यले आर्थिक पाटो सबलीकरण हुने वातावरण सिर्जना गर्न सके यस क्षेत्रमा महिला र पुरुष दुवै खेलाडीको सङ्ख्या बढ्ने देखिन्छ ।

पोखरामा भइरहेको राष्ट्रिय खेलमा म्याग्दी जिल्लाबाट सहभागिता जनाएका तेक्वान्दो खेलाडी राजकुमार परियारले पनि पोखराको सुन्दर वातावरणमा आफ्नो खेल प्रदर्शन गर्न निकै आतुर भएको बताए । उनले भने, ‘होम ग्राउन्डमा खेल्दा यसै पनि आनन्द लाग्छ दर्शकको अपार माया र साथले बलियो प्रतिस्पर्धीलाई पनि जित्न सकिन्छ भन्ने लाग्दो रहेछ, साथसाथै आफ्नै प्रदेश भएकाले पनि हावापानी मिल्दा पनि फुर्तिलो बनाएको अनुभव भएको छ ।’ खेलाडी परियारले खेलाडीका लागि पोखराको हावापानी र सुन्दरताले थप ऊर्जा थप्ने बताए ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले सयौैँचोटी पोखरा आउँदा पनि आफू कहिल्यै नथाक्ने सहरमा अहिले खेलाडीका साथ रहन पाउँदा निकै खुसी लागेको छ भने। ‘अहिले दुई सय तीन पौडी खेलका विभिन्न इभेन्टका खेलाडी पोखरामा छन् , त्यति नै मात्रामा खेलाडीका आफन्त पनि सहभागी छन् । पोखराको सुन्दरताले खेलाडी निकै उत्साहित छन् ।’ उनले बताए, ‘खुलेको आकाश र टल्केको माछापुच्छ्रेको आँगनमा आफ्नो खेलको क्षमता प्रदर्शन गर्दा खेलाडी निकै खुसी भएका छन्।’

नवौँ राष्ट्रिय खेलले पोखराको पर्यटनलाई थप प्रवर्द्धन गर्नेसमेत विश्वास व्यक्त गर्दै अध्यक्ष बज्राचार्यले भने, ‘खेलमा हारजित हुनु स्वाभाविक हो । यति खेलमा पराजित भएका खेलाडी पनि पोखराको सुन्दरता स्वच्छ सुन्दर हिमाल तथा ताल हेर्दा र घुम्दा ‘रिफ्रेस’ बन्न सघाउँछ ।’

प्रतिक्रिया दिनुहोस