सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

आज बस्ने बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भोट माग्न संयुक्त अपिल जारी गर्ने तयारी गरेको छ ।

त्यसो त आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल जारी गर्न लागेको जानकारी गराएका थिए ।

यस्तै बैठकमा गठबन्धनविरुद्धका बागी उम्मेदवार, गठबन्धनको अवस्था आँकलनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस