मड्रिडद्वारा बार्सिलोना पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मड्रिडद्वारा बार्सिलोना पराजित


३१ आश्विन २०७९, सोमबार


काठमाडाैँ । स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ।

आइतबार सान्टियागो बर्नाबेउमा भएको खेलमा मड्रिडले बार्सिलोनामाथि ३-१ गोल अन्तरको जित निकालेको हो।

मड्रिडलाई जित दिलाउन करिम बेन्जेमा, फेडेरिको भेल्भर्ड र रोडिग्रोले एक-एक गोल गरे भने बार्सिलोनाका फेरान टोरेसले एक गोल फर्काए।

खेलको १२औँ मिनेटमा बेन्जेमाले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। ३५औँ मिनेटमा भेल्भर्डले गोल गर्दा मड्रिड २-० ले अगाडि बढ्यो। ८३औँ मिनेटमा टोरेसले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। दोस्रो हाफको इन्ज्युरी समयमा रोड्रिगोले पेनाल्टीमार्फत् गोल गर्दै मड्रिडलाई सानदार जित दिलाए।

खेलमा जित निकालेसँगै मड्रिड ९ खेलबाट २५ अङ्क प्राप्त गरी शीर्षस्थानमा उक्लिएको छ। पराजित बार्सिलोना समान खेलबाट २२ अङ्क जोडी दोस्रो स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस