२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चैतमा एसइई र वैशाखमा कक्षा १२ को परीक्षा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कोभिड महामारीले प्रभावित शैक्षिक सत्रलाई त्यसअघिकै लयमा फर्काउने गरी कक्षा १०–१२ को परीक्षा समयसीमा निर्धारण गरेको छ ।

बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिकाअनुसार आगामी चैतमा कक्षा १० को एसइई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यसपालि एसइई चैत दोस्रो सातादेखि सञ्चालन हुने जानकारी दिए । असारको तेस्रो साता एसइईको नतिजा सार्वजनिक गर्ने योजना बनाइएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन हुने बोर्डको वार्षिक कार्य तालिकामा उल्लेख छ । विषयगत रूपमा परीक्षा तालिका भने सार्वजनिक भइसकेको छैन । विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्य तालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनको समय तोकिएको छ । विद्यार्थी, अभिभावक, विद्यालयलाई तयारी गर्न क्यालेन्डरले सघाउ पुग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । विद्यार्थीले मंसिर मसान्तसम्म एसइई परीक्षाको आवेदन फाराम भरिसक्नुपर्नेछ । एसइई परीक्षाको रुटिन माघ पहिलो साता सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

एसइईको पूरक परीक्षा भने २०८० सालको साउन अन्तिम साता संचाल गरिनेछ । यसअघि जेठमा मात्रै एसइई परीक्षा सञ्चालन भएको थियो । कोभिड अघि भने चैतमा नै परीक्षा सञ्चालन हुदैं आएको थियो । लकडाउनका कारण समयमा परीक्षा र नतिजा प्रकाशित नहुँदा विद्यालय तह देखि उच्चशिक्षा सम्मको भर्ना र पठनपाठन प्रभावित भएको थियो ।

वैशाखमा हुने कक्षा १२ को परीक्षाको नतिजा भने साउन मसान्तभित्र प्रकाशन गरिसक्ने बोर्डको कार्य तालिकामा उल्लेख छ । ग्रेड वृद्धि ९पूरक० परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन गरिने बोर्डले जनाएको छ ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कात्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिसक्ने कार्यतालिका बनाइएको छ । उक्त फाराम माघ १५ सम्म विद्यालयले बोर्डमा पेस गरी सक्नुपर्नेछ । परीक्षा आवेदन फाराम पनि त्यति बेलै बुझाउनु पर्नेछ । कक्षा ११–१२ को परीक्षा तालिका माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस