डोटीमा कृत्रिम घटना अभ्यास प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डोटीमा कृत्रिम घटना अभ्यास प्रदर्शन


३० आश्विन २०७९, आइतबार


डोटी । डोटीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका बडा नं.६ टुडुखेलमा प्रदर्शन गरिएको हो । 

आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । 

बिपद भन्ने कुरा जुनसुकै बेलापनि आउन सक्छ, त्यसैले डोटीमा हुन सक्ने सम्भावित बिपदका घटनाहरूबाट बच्न सरोकारवाल निकाय र आम नागरिक पूर्व तयारी अवस्थामा रहन आवश्यक रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । 

बिपदका घटनाहरू भइसके पश्चात् के के गर्ने भन्ने विषयमा आम नागरिकलाई पूर्ण जानकारी हुन आवश्यक रहको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए । उनले भने, ‘ विपद् भन्ने कुरा जतिबेला, जुनसुकै ठाउँमा पनि आउन सक्छ त्यसैले विपद्का घटना घटिहाले के गर्ने भन्ने विषयमा सबै जानकार हुनुका साथै राहत र उदारमा विशेष ध्यान दिन आवश्यक छ ।’  

नेपाली सेनाले समय समयमा विपद्सँग सम्बधीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा कृतिम घटना अभ्यास गर्दै आइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस