जनताको चौकीदारी गर्न चाहन्छु : इश्तियाक राई « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

जनताको चौकीदारी गर्न चाहन्छु : इश्तियाक राई


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनतालाई आश्वासनमात्रै नभएर आफूले गरेका कामहरूको फेहरिस्त लिएर भोट माग्न आएको बताएका छन् । 

उनले जनतालाई झुक्क्याउनेलाई नभएर कामको आधारमा उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। 

बाँके क्षेत्र नं २ मा पार्टीका प्रचारप्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उनले जनता झुक्क्याउने नेतालाई यसपालिको चुनावले नै जवाफ दिने ठोकुवा पनि गरे। 

निवर्तमान भौतिक योजना तथा यातायात मन्त्रीसमेत रहेका उम्मेदवार राईले आफू समग्र जनताको सेवक बनेको पनि दाबी गरे। 

देशमा सङ्घीयता र गणतन्त्रको लडाइँमा अग्रणी भूमिका खेलेर परिवर्तनलाई संस्थागत गर्न आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै व्यवस्थालाई उन्नत बनाउनका लागि पनि फेरि एक पटक आफूहरूलाई मौका दिन उनले अपिल गरे। 

चुनाव प्रचारप्रसारका लागि जसपाले निर्वाचन क्षेत्रका सबै वडाहरूमा धमाधम प्रचार प्रसार कार्यालयहरू खोलिरहेको छ। आइतबार पनि नेपालगन्जका विभिन्न वडाहरूमा सम्पर्क तथा प्रचार प्रसार कार्यालयहरू खुलेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस