काठमाडौँ । नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् ।
आफूसहित मधेस प्रदेश जिल्लामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई जिताउन स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका हुन् ।
साहले आफ्नो संयोजकत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकहरू समेत चयन गरेका छन् । उनको अभियानअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा वसन्त मण्डल जिल्ला संयोजक रहेका छन् ।