इन्जिनियर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

इन्जिनियर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर दीपक बमविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। 

घुस रकमसहित संगेहात पक्राउ परेका बमसहित बिचौलिया निरकबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

गत भदौ १० गते सेवाग्राहीबाट लिएको ३ हजार रुपैयाँ घुस रकमसहित बम र शाही पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनीहरूले सेवाग्राहीको ब्लुबुक नवीकरण, जाँचपास नवीकरण र रुट पर्मिट नवीकरणका लागि रकम लिएको पाइएको हो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सेवाग्राहीबाट ५३ हजार रुपैयाँ लिएर ४२ हजार ६४० रुपैयाँको मात्रै राजश्व रसिद काटेको र जाँचपास गराउन मेकानिकल इन्जिनियर बमलाई ३ हजार दिएको र बाँकी ७ हजार ३६० रुपैयाँ राखेको पुष्टि भएको जानकारी दिए।

अख्तियारले बमबाट ३ हजार रुपैयाँ र बिचौलिया शाहीबाट १० हजार ३६० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस