आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदान केन्द्रमा मतदान गर्न जाँदा  निर्वाचन आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपुर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताएका हुन्  ।

Tags :
प्रतिक्रिया दिनुहोस