१० हजार मिटर दौडमा आर्मीका दीपकले जिते राष्ट्रिय रेकर्डसहित स्वर्ण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१० हजार मिटर दौडमा आर्मीका दीपकले जिते राष्ट्रिय रेकर्डसहित स्वर्ण


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा नेपाल आर्मीका दीपक अधिकारीले राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक जितेका छन्।

आइतबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन्।

यसअघि यो रेकर्ड गोपीचन्द्र पार्कीको नाममा थियो। गोपीले सन् २०१४ मा ३० मिनेट ३० सेकेन्डमा दौडिएर राष्ट्रिय रेकर्ड बनाएका थिए।

आफ्नो रेकर्ड तोडिएको दिन एपिएफका गोपी भने दोस्रो भए। उनले ३० मिनेट ३८.३२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।

आर्मीका राजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य पदक जिते।

Tags :
प्रतिक्रिया दिनुहोस