शताब्दी पुरुष जोशीको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शताब्दी पुरुष जोशीको निधन


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा  १०३ वर्षको उमेरमा निधन भएको हो ।

उनमा मुटु र प्रोष्टेटको समस्या थियो । जाेशीमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस