महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६-० को जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६-० को जित


२९ आश्विन २०७९, शनिबार


स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।

वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६-० को फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक ।

खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले १३ औं, १८ औं, ४५ औं र ५२ औं मिनेमा गोल गरिन् ।

अनिता केसी र रबिना गोलेले २-२ तथा प्रिति राई, सविता राना, मनमाया लिम्बु, गिता रानाले १-१ गोल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस