नम्बर प्लेट स्पष्ट नराख्नेमाथि धमाधम कारबाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नम्बर प्लेट स्पष्ट नराख्नेमाथि धमाधम कारबाही


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र  नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारबाही गरेको छ । 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा  स्पष्ट रूपमा नम्बरहरू नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

त्यस्तै ठुलो आवाज निकाल्ने ७ वटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् । स्पष्ट रूपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले अनुरोध गरे । 

तोकिए बमोजिमको नम्बर प्लेट दुरुस्त नभएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस