कलाकार सुशीला ग्लानको निधन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कलाकार सुशीला ग्लानको निधन


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । कालाकार सुशीला ग्लानको निधन भएको छ। उपचारको क्रममा ग्लानको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।

पारिवरका एक सदस्यका अनुसार जन्डिसबाट ग्रस्त भएपछि उनलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गरेकी छिन्। उनले अभिनय गरेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होसार मेला’, ‘डम्फुमा सेलो’ जस्ता गीत लोकप्रिय छन्। उनले अभिनय गरेको ‘मायाभन्दा ठूलो जात होइन कहाँ पर्‍यो घर ? रु बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा रहेको छ।

काठमाडौँको शंखरापुरमा जन्मिएकी ग्लानको शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस