समानुपातिक उम्मेदवारविरुद्ध परे १९ वटा उजुरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समानुपातिक उम्मेदवारविरुद्ध परे १९ वटा उजुरी


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूचीमा रहेका उम्मेदवारहरुविरुद्ध १९ वटा उजुरी परेको छ ।

निर्वाचन आयोगका कर्मचारीहरूका अनुसार प्राप्त उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

यसअघि राजनीतिक दलहरूले असोज २ र ३ गते आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । उक्त बन्दसूचीमा हेरफेर गर्न आयोगले दलहरुलाई असोज १६ गतेसम्मको समय दिएको थियो ।

दलहरूका तर्फबाट नाम हेरफेर गर्न दिने लगायतका कार्य सकाएपछि आयोगले दाबी विरोध र उजुरीका लागि खुला गरेको थियो । दलहरूका तर्फबाट पेस भएको र संशोधन भई दलहरूका तर्फबाट फाइनल भएको उम्मेदवारहरू उपर आयोगले दाबी, विरोध र उजुरी लिएको हो ।

प्राप्त उजुरीहरूको अध्ययन/जाँचबुझ गरेर कार्तिक ९ गते समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस