संसद सचिवालयले वेबसाइटबाट हटायो सभामुख र उपसभामुखको नाम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसद सचिवालयले वेबसाइटबाट हटायो सभामुख र उपसभामुखको नाम


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद सचिवालयले आफ्नो वेबसाइटबाट सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको नाम हटाएको छ ।

सचिवालयका अनुसार सभामुख सापकोटा र उपसभामुख भुसालले प्राप्त सरकारी सुविधा (सरकारी निवास समेत) असोज २३ गते नै छाडिसकेका छन् । कार्यकाल सकिएकोले सभामुख र उपसभामुखको नाम र फोटो वेबसाइटबाट बटाइएको संसद सचिवालयका कर्मचारीहरू बताउँछन् ।

संसद सचिवालयका एक अधिकारीका अनुसार उनीहरूले सेवा सुविधा फिर्ता गरेपछि नाम हटाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस