इच्छाराज तामाङलाई थुनामै राख्न अदालतको आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इच्छाराज तामाङलाई थुनामै राख्न अदालतको आदेश


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले तामाङलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । 

ठगी र सङ्गठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आफ्नै समूहका विभिन्न कम्पनीहरूबाट बिना धितो कर्जा प्रवाह गरी तामाङले सर्वसाधारणको रकम अपचलन र हिनामिना गरेको र त्यस्तो रकम आफ्ना विभिन्न व्यावसायिक कम्पनीहरूमा लगानी गरेको आरोपमा भन्दै उनीविरुद्ध ठगी र सङ्गठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । 

तामाङ र केशवलाल श्रेष्ठले ती कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपन्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायले आफ्ना परिवारका मानिसहरुबीच अशंबण्डा गरी आफ्नो र परिवारका मानिसहरू संलग्न रहेका सिभिल होम्स प्रालि लगायतको कम्पनीहरूमा गैरकानुनी स्रोतको रकम लगानी गरी सम्पत्तिहरू लुकाइछिपाइ राखेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग लगाएको थियो । 

विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा ६ जना प्रतिवादीबाट कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको सजाय माग गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस