एमालेको रौतहट जिल्ला कमिटी विघटन, प्रभु साह निष्कासित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेको रौतहट जिल्ला कमिटी विघटन, प्रभु साह निष्कासित


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।

एमालेको मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरू पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारबाही गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उल्लेख गरेका छन् ।

त्यस्तै प्रभु साहसँगै जिल्ला इन्चार्ज उपेन्द्र साह र सह-इन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उल्लेख गरिएको छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस