एमालेले गर्‍यो बागी उम्मेदवारी दिने ५ नेतालाई पार्टीबाट निष्कासन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले गर्‍यो बागी उम्मेदवारी दिने ५ नेतालाई पार्टीबाट निष्कासन


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम एमालेले बागी उम्मेदवारी दिने पाँच नेतालाई पार्टीबाट हटाएको छ ।

एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउदलाई पार्टीबाट निष्कासन गरेका हुन् ।

पाठकले केन्द्रको निर्देशनअनुसार उनीहरूलाई हटाएको बुझिएको छ । सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (क), हमालले कञ्चनपुर २ को प्रदेशसभा (क)साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस