२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारको झिलिमिली बत्ती आयातमा समस्या

अ+ अ-

काडमाडौँ । विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् ।

नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । आयात गर्न सक्ने व्यवसायीले गरेको सामानको माग पनि कोभिड-१९ का कारण चीनले लकडाउन गर्दा समयमै डेलिभरी नभएको उनको भनाइ छ ।

‘तातोपानी र रसुवागढी नाका बन्द हुँदा कतिपय सामानहरु रि-रुट भएका छन् । केही अझै चीनका शहरमै छन्,’ पौडेलले भने, ‘मूल्य बढ्न सक्ने अवस्था त छैन, तर माग जति नपुग्ने चिन्ता भने छ ।’

तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघका महासचिव कोमल पोख्रेल बताउँछन् ।

‘व्यवसायीहरु अझै पनि जतिसक्दो आयात बढाउनेमा केन्द्रित छन् । हामी यी वस्तुको आयात र उपलब्धताका विवरणहरु अध्ययन गरिरहेका छौं,’ महासचिव पोख्रेल भन्छन्,’पुराना बत्ती बनाउन आउने र नयाँका खरिदका लागि बजार कसरी अघि बढ्छ भन्ने हेरिरहेका छौं ।’

गतवर्षसम्म क्रिसमस लाइटको रुपमा आयात हुने यस्ता वस्तुको यसवर्ष यकिन परिमाण नदेखिएको विभागले जनाएको छ । चालु आवको दुई महिनामा ४९ करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको ४८ लाख ५७ हजार ८९९ थान विद्युतीय उपकरण नेपाल भित्रिएका छन् । जसमा झिलिमिली बत्तीको विवरण छुट्ट्याइएको छैन ।

गत वर्ष समीक्षा अवधिमा ५१ करोड ७१ लाखको विद्युतीय सामग्री नेपाल आयात भएका थिए । आव २०७८/०७९ मा ३ अर्ब ३४ करोड ३५ लाख ५ हजार रुपैयाँको ३३ करोड ७ लाख १२ हजार ७७ थान विद्युतीय सामग्री आयात भएको थियो जसमा २ करोड ५८ लाख ९९ हजार रुपैयाँको झिलिमिली बत्ती मात्रै थियो ।

प्रतिक्रिया दिनुहोस