गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने


२७ आश्विन २०७९, बिहिबार


काठमाडौँ । मंसिर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ गठबन्धन संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर चुनावमा जाने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारा दिएर चुनावमा होमिने निर्णय गरेको हो । 

यस्तै बैठकले सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअनुसार कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा (११ बजे, नेकपा (एस) ले व्यवस्थापन गर्ने), कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवल (२ बजे -नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने), कार्तिक ५ गते विराटनगर (११ बजे-नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्न), कार्तिक ५ गते २ बजे जनकपुर (लोसपालाई पनि आमन्त्रण गर्ने र व्यवस्थापन नेपाली काङ्ग्रेसले गर्ने, कार्तिक ६ गते धनगढी-११ बजे व्यवस्थापन नेकपा (माओवादी केन्द्र)ले गर्ने), कार्तिक ६ गते सुर्खेत (२ बजे,  नेपाली काङ्ग्रेसले व्यवस्थापन गर्ने) र कार्तिक ७ गते काठमाडौँ (११ बजे (नेकपा (माओवादी केन्द्र) ले व्यवस्थापन गर्ने) भएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय समिति सदस्य, पार्टी प्रदेश पदाधिकारी तथा जिल्लाबाट प्रमुख सहित ३र३ जना सहभागी हुने निर्णय गरिएको छ । त्यस्तै जुन पार्टीले व्यवस्थापन गर्ने हो उसले भेलाको आयोजना गर्नेछ । भेलामा प्रमुख नेताहरू वक्ताहरू हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस