उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च जाँदै रेशमलाल चौधरी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च जाँदै रेशमलाल चौधरी


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् । जेलबाटै बर्दिया निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका उनको उम्मेदवारी खारेज गरिएपछि कानुनी उपचार खोज्ने बताएका छन् ।

टीकापुर घटना मुद्दामा आफूहरू निर्दोष रहेको र आफूहरूको मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै उनले आफ्नो उम्मेदवारीविरुद्ध उजुरी दिने र उजुरी उपर छानबिन गरी खारेजीको निर्णय गर्ने निर्वाचन अधिकृत नगेन्द्र लम्सालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने प्रतिक्रिया दिएका छन् ।

कानुन अनुसार आफू योग्य रहे पनि आफ्नो राजनीतिक अधिकार नै समाप्त पार्ने गरी उम्मेदवारी खारेजी गरिएको निर्णयले आफूहरूमाथि थप अन्याय भएको रातोपाटीलाई प्रतिक्रिया दिएका हुन् ।

यसैबीच निर्वाचन आयोगले रेशमलाल चौधरीको बुवा लालवीर चौधरीलाई चुनाव चिन्ह मुडा प्रदान गरेको छ । बर्दिया निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका रेसमलालको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्तिले आधिकारिक मानिएका उनका बुवालाई चुनाव चिन्ह मुडा प्रदान गरिएको हो ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण थारुको उम्मेदवारी खारेज गरिएपछि उनको ठाउँमा नागरिक उन्मुक्ति पार्टीबाट आधिकारिक मानिएका जगदीश चौधरीले चुनाव चिन्ह चापाकल (नल) पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले टीकापुर घटना मुद्दामा रेशम र लक्ष्मण थारुलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर भएको र रेशम २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको र लक्ष्मण थारु उच्च अदालतले जन्मकैद फैसला सुनाए पनि फरार सूचीमा रहकोले उम्मेदवारी खारेज गरेको थियो ।

उनीहरूको उम्मेदवारीविरुद्ध छुट्टाछुट्टै उजुरी परेपछि उजुरी उपर छानबिन गर्दै खारेज गर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस