ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा, नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा, नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् ।  

आज बुधवार गैरआवासीय नेपाली सङ्घको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्र विरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए।

गैरआवासीय नेपाली सङ्घमा गएर गृहमन्त्रीले राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उनको भनाइ छ । 

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए। उनले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिए । नागरिकतासम्बन्धी विषयमा बहस गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई उनको चुनौती थियो ।

अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गरे । उनले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस