सीमापारी भोट माग्न जानुपर्ने अवस्था छ : ओली « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सीमापारी भोट माग्न जानुपर्ने अवस्था छ : ओली


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नागरिकता वितरणका क्रममा पटक पटक कमजोरी भएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घको कार्यक्रममा बुधबार उनले नागरिकता वितरणमा सजग नहुँदा विदेशीले पनि नागरिकता पाएको बताए ।

भारतको नाम नलिईकनै उनले छिमेकीसँग लामो खुला सिमाना रहेकाले नेपाल जनसांखिक रूपमा (डेमोग्राफिक) रूपमा सजग हुनुपर्ने बताए ।

अहिले गई नेपालीलाई नागरिकता दिन पाइएन भनेर मुलुकमा रुवाबासी चलिरहेको पनि ओलीले बताए । उनले नागरिकता वितरणमार्फत हुन सक्ने जनसांखिक परिवर्तनबाट नेपालीहरू अल्पमतमा पर्ने अवस्था आउन सक्ने खतरा औँल्याए ।

नागरिकता वितरणको सवालमा नेपालको नीति नरम रहेको भन्दै ओलीले यति नरम विश्वका कुनै पनि देश नदेखिएको दाबी गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस