आवेदन खुलेसँगै डिभी भर्नेको थामी नसक्नु भीड  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आवेदन खुलेसँगै डिभी भर्नेको थामी नसक्नु भीड 


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेको छ । आवेदन खुलेसँगै नेपालीहरू यो वर्ष पनि चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा छन् ।

१९ असोज २०७९ मा खुलेको डीभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर)सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरू मध्येबाट हरेक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिट्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ ।

अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउँदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि नेपालीहरू डिभी भर्ने केन्द्रहरूमा लाइन लागेका छन् । नेपालस्थित अमेरिकी दूतावासले डिभीबारे एक सार्वजनिक सूचना जारी गर्दै डिभी आवेदन निःशुल्क रहेको जनाएको छ ।

तर, काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा शुल्कसहित डिभी भर्ने केन्द्रहरू सञ्चालनमा आएका छन् । फोटो स्टुडियोदेखि साइबर सञ्चालकले समेत आवेदकको आँखा तान्नेगरी प्रचार गर्दै शुल्कसहित डिभी आवेदन भराइरहेका छन् ।

ईडीभी भर्न घण्टौँसम्म लाइनमा उभिएकाहरू सकेसम्म आफू ईडीभी भर्ने लाइनमा भएकोसमेत नदेखियोस् भन्ने चाहन्छन् । काठमाडौँका प्रमुख ईडीभी भर्ने स्थानहरूमा लागेको नेपालीहरूको भीड तस्बिरमा यस्तो देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस