नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्चमा जाने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्चमा जाने तयारी


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नाबालिग बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बुधबार तनहुँ जिल्ला अदालतमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए । ‘न्यायाधीश नै निर्वाचन अधिकृत हुनु भएकाले त्यता खट्नुपर्ने भएकाले आजको मुद्दालाई सरकारी वकिलको कार्यालयले हटाएको छ,’ वाग्लेले भने ।

नयाँ पेसी केही दिनमा तोकिने र अबको सुनुवाइबाट फैसला आउन सक्ने उनले बताए ।

यसैबीच, नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा शाहलाई सफाइ दिए पनि बालयौन दूराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।अभिनेता शाह अहिले तनहुँ कारागारमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस