प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्लाटिनम क्लबका बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ


२६ आश्विन २०७९, बुधबार


पक्राउ

काठमाडौँ । दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार बिहान ड्यूटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस