बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टीका महासचिव वेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै पार्टीको सहमति विपरीत उम्मेदवारी दिएकाहरूलाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिन्छ,’ महासचिव भुसालले भनेका छन् ।

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस