रुपन्देही-२ मा तीन जनाको उम्मेदवारी खारेज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रुपन्देही-२ मा तीन जनाको उम्मेदवारी खारेज


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले रुपन्देही-२ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरेकाे छ। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जानकारी दिएका हुन् ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रा.लि.ले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रा.लि.लाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैङ्कले कालोसूचीमा राखेको थियो ।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ । भुसालविरुद्ध स्वतन्त्र उम्मेदवारहरू विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए ।

उनी विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो । उनीहरू एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस