एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ बने पुल  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एक वर्षमा ६१८ किलोमिटर नयाँ सडकमा कालोपत्रे, २८२ बने पुल 


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । गत आर्थिक वर्ष २०७८/७९ मा सडक विभागले ६१८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यको ३४.३३ प्रतिशत मात्रै प्रगति भएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी विभागले गत वर्ष ३३५ किलोमिटर सडकमा ग्राभेल गरेको छ । तर, लक्ष्य भने ८०० किलोमिटरको थियो ।

२८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनः निर्माण तथा पुनर्स्थापना गरेको छ ।

२५० किलोमिटर सडक आवधिक र नियमित मर्मत पनि भएको विभागले जनाएको छ । ३०० वटा पुलको निर्माण सक्ने लक्ष्य रहेकोमा गत वर्ष २८२ वटा पुलको निर्माण सकिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ५५.१८ प्रतिशत वित्तीय प्रगति हात पारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस