बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित निष्कासित गर्ने काँग्रेस निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसहित निष्कासित गर्ने काँग्रेस निर्णय


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बागी उम्मेदवारी फिर्ता नगरे नेपाली काँग्रेसले उम्मेदवारलाई कारबाही गर्ने भएको छ।

मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो।

बैठकपछि काँग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएको हो।  

पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो। फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस