‘कबड्डी’ निर्देशकको नयाँ फिल्ममा मिरुना आउट, शिल्पा इन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘कबड्डी’ निर्देशकको नयाँ फिल्ममा मिरुना आउट, शिल्पा इन


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको आगामी फिल्म ‘फूलबारी’ छायाङ्कनको अन्तिम चरणमा छ । पारिवारिक कथावस्तुमा आधारित यो फिल्ममा कलाकार हेरफेर भएको खबर छ ।

मिरुना मगर र सिर्जना सुब्बा फिल्मबाट बाहिरिएका छन् भने शिल्पा मास्के र ‘कबड्डी ४’ फेम्ड गौमाया गुरुङको फिल्ममा इन्ट्री भएको छ ।

दयाहाङ राई, विपिन कार्की, करुणा कार्की र प्रियङ्का कार्कीको समेत प्रमुख भूमिका रहेको फिल्ममा मिरुना र सिर्जना हुने छैनन् । निर्देशक गुरुङले कलाकार हेरफेर भएको पुष्टि गरे ।

मिरुनाको ठाउँमा शिल्पा मास्के भित्रिएकी छन् भने सिर्जनाको ठाउँमा गौमाया गुरुङ । लण्डनमा रहेकी मिरुना खराब मौसमको कारण समयमै नेपाल आउन नसकेको र सिर्जना ‘छड्के २’को लागि मनाङमा भएकाले आउने तालिका नमिलेकाले उनीहरूलाई फिल्ममा समेट्न नसकिएको गुरुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस