प्लाटिनम क्लबका बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्लाटिनम क्लबका बाउन्सरमाथि सोह्रखुट्टेमा खुकुरी प्रहार


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । दरबारमार्गको प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि मङ्गलवार बिहान काठमाडौँको सोह्रखुट्टेमा खुकुरी प्रहार भएको छ ।

ड्युटी सकेर घर फर्किँदै गरेका नितेश राई र छिरिङ लामालाई मङ्गलवार बिहान ४ बजे सोह्रखुट्टेमा मोटरसाइकल रोकेर ७÷८ जनाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट नितेशको खुट्टामा र छिरिङको टाउकोमा चोट लागेको छ । उनीहरूको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको र संलग्नहरूको खोजी सुरु गरिएको छ ।

प्लाटिनम क्लबमा काभ्रेका अमित लामासहितको लगानी छ । उक्त क्लबमा केही महिनाअघि बाउन्सरहरु नितेश र छिरिङसहितले एक समूहमाथि कुटपिट गरेको थियो ।

प्रहरी स्रोतका अनुसार पछि कुटपिटमा परेका समूह नै पक्राउ परेका थिए । सोही समूहले नितेश र छिरिङसँग बदला लिएको हुन सक्ने एक प्रहरी अधिकृतले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस