२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागीलाई उम्मेदवारी फिर्ता लिन एमाले-जसपा गठबन्धनको आग्रह

अ+ अ-

काठमाडौँ। पर्सामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले पार्टीबाट टिकट नपाएको रिसमा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका जुनसुकै नेताले निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत गठबन्धनले दिएको छ ।

सोमबार वीरगञ्जमा बसेको एमाले(जसपा गठबन्धनको बैठकले पार्टीबाट बागी भई उम्मेदवारी दिनेहरूलाई आ-आफ्नो उम्मेदवारी फिर्ता लिन लगाउने र नलिए कारबाही गर्ने निर्णय गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।

जसपा नेता करिमा बेगमले पर्सा-२ (ख)जन्नत अन्सारीले(१ (क) मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै रुपेशमान सिंह, मुकेश द्विवेदीलगायतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको सूची सार्वजनिक नगरेकाले बागी उम्मेदवारी दिनेहरूको संख्या यकिन हुन सकेको छैन ।

बैठकले गठबन्धनका संयुक्त उम्मेदवारलाई जिताउन १२ सदस्यीय निर्देशन समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस