प्रचण्डले दिए अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई सम्मेलनको आश्वासन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रचण्डले दिए अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई सम्मेलनको आश्वासन


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई चुनावपछि सम्मेलन गर्ने आश्वासन दिएका छन् ।

असन्तुष्ट समूहमा नेता पवन कार्की लगायतलाई प्रचण्डले मंगलबार आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । कार्की समूहले अखिल क्रान्तिकारीमा समानान्तर गतिविधि गर्दै आएको छ । उसले तत्काल राष्ट्रिय सम्मेलन गर्न माग गरिरहेको छ ।

‘विवादका बारेमा चुनावपछि सम्मेलनमा जाने हो, अहिले चुनाव केन्द्रित कार्यक्रम बनाएर जानुहोस् भन्नुभयो’, प्रचण्डसँगको भेटबारे कार्कीले भने ।

प्रचण्डले सङ्गठन विस्तार, परिचालन लगायतका चुनाव केन्द्रित कार्यक्रम बनाएर जाने निर्देशन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस