१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव प्रचारमा हामीबाट आशा नराख्दिनुस् : हरिवंश आचार्य

अ+ अ-

काठमाडौँ । मुलक यतिबेला चुनावी माहोलमा होमिएको छ । उम्मेदवारी दर्ता सकिएको छ भने निर्वाचन आयोगले बुधबार अन्तिम नामावली प्रकाशन गर्दैछ ।

ठूला दलले निष्ठावान् र सक्षम नेतालाई भन्दा आफू निकट र नाता पर्नेलाई मात्र टिकट दिएको भन्ने गुनासो पनि व्याप्त छ । दलले पति(पत्नीदेखि परिवारकै सदस्य, नातागोतालाई पनि टिकट दिलाएको आरोप लागिरहेको छ ।

पार्टीमा लामो समय योगदान दिएका र सक्षम नेताले टिकट नपाउँदा बागीदेखि स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् । कतिपयले पार्टीबाटै विद्रोह पनि गरेका छन् ।

यस सन्दर्भमा अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नागरिकको स्वविवेकलाई सम्मान गर्न आग्रह गरेका छन् । कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक बन्न नसकिने बताउँदै हरिवंशले आफूहरुबाट चुनाव प्रचारको आशा नराख्न आग्रह गरेका छन् ।

उम्मेदवारहरुलाई लक्षित गर्दै हरिवंश लेख्छन्, ‘कतिले बिर्सनै नसकिने गुन लगाएका हुन्छन् । कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गासिएको हुन्छ । देशमा जब निर्वाचन आउँछ, त्यसबखत ती मित्रता, ती नाता र आत्मीय सम्बन्ध गाँसिएका व्यक्तिहरु उम्मेदवार बन्दछन् ।’

उनी अगाडि लेख्छन्, ‘त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागिदेला भनेर । तर हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं । ब्यालेट बक्समा खसाल्ने मतपत्र को, कुन, चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो ।’

हरिवंशले कसैको पक्षमा भोट माग्न र कसैको प्रचारक हुन नसकिने समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस