काठमाडौँ । ११ औँ संस्करणको नेपाली ‘सेना लघु चलचित्र प्रतियोगिता २०७९’ सञ्चालन हुने भएको छ ।
२०६७ सालदेखि हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरूप ११ औँ संस्करणको ‘सेना लघु चलचित्र प्रतियोगिताको २०७९’ सञ्चालन हुने भएको हो ।
प्रतियोगी तामा भाग लिन इच्छुक व्यक्ती वा सङ्घसंस्थाले नेपाली सेनासँग सम्बन्धित रचनात्मक तथा नागरकीको दृष्टिकोणमा नेपाली सेना वा नेपाली सेनाले गरेका/गरिरहेका गतिविधि झल्किने विषयवस्तुमा रहेका सहभागिता जनाउन सक्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।
