ओलीलाई माया गर्ने मान्छे हुँ, एमालेमै रहन्छु : करिश्मा मानन्धर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ओलीलाई माया गर्ने मान्छे हुँ, एमालेमै रहन्छु : करिश्मा मानन्धर


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ। नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा करिश्मा मानन्धरले सार्वजनिक असन्तुष्टि जनाएकी छन् । गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाएकी छन् ।

तर सांसद नबने पनि एमालेमै रहने उनी बताउँछिन् । सबै क्षेत्रलाई पहुँच दिने पार्टी एमाले भए पनि आफूले त्यो अवसर नपाएको उनले बताइन् ।

आफूले टिकट नपाउनुमा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा पनि अरू नेताहरू कारण रहेको उनी बताउँछिन् ।

उम्मेदवार नबन्ने अवस्थाले खुसी हुन नसकेको मानन्धर बताउँछिन् । ‘म खुसी छैन । तर केपी शर्मा ओलीलाई माया गर्ने मान्छे हुँ’ उनी भन्छिन्, ‘मेरो चित्त दुखाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस