लुक्ला जान हिँडेका अलपत्र यात्रुलाई फाप्लु लगियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लुक्ला जान हिँडेका अलपत्र यात्रुलाई फाप्लु लगियो


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रूपमा फाप्लु लगिएको छ ।

तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार कतिपय पर्यटक सडक मार्गबाट समेत फाप्लु प्रस्थान गरेका छन् । फाप्लु पुगेका पर्यटक कतिपय पदयात्रा गरी लुक्लातर्फ लाग्ने छन् भने कतिपय हेलिकप्टरमा समेत लुक्ला जान सक्छन् ।

लुक्लाबाट काठमाडौँ फर्कने गरी यात्रु संख्या भने अलपत्र नरहेको उनले जानकारी दिए । निरन्तरको वर्षाका कारण लुक्ला जाने तयारीमा रहेका हजारौँ पर्यटक तथा गाइड र अन्य यात्रु रामेछापमै अलपत्र परेका थिए । अहिले काठमाडौँबाट लुक्लामा हुने दैनिक उडान रामेछाप सारिएको छ ।

लुक्लाको मौसम बिग्रिएका कारण हवाई उडान सम्भव नभएको हो । यो पर्यटकीय सिजन हो । खासगरी पदयात्रामा जाने पर्यटकहरू अहिले नेपालमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस