निर्वाचनको मौकामा नक्कली नोटको कारोबार, ९ लाख नक्कली नोटसहित तीनजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचनको मौकामा नक्कली नोटको कारोबार, ९ लाख नक्कली नोटसहित तीनजना पक्राउ


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । 

प्रहरी उपरीक्षक बोगटीका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुर स्थित एसपी साइन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

उनीहरू विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको बताए । 

उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ इलाकाबाट नक्कली नोटको कारोबार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस