पार्टीभन्दा माथि जनता हुन्, जसपासँग गठबन्धन गरेर पार्टीले गलत गर्‍यो : प्रभु साह  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पार्टीभन्दा माथि जनता हुन्, जसपासँग गठबन्धन गरेर पार्टीले गलत गर्‍यो : प्रभु साह 


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएका एमाले स्थायी कमिटी सदस्य प्रभु साहले गलत गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।

साहले पार्टीले जसपासँग गठबन्धन गरेर गलत गरेको बताए।

गलत निर्णयविरुद्ध आफ्नो समूहले जसपाले उम्मेदवारी दिएका ठाउँहरूमा स्वतन्त्र उम्मेदवारी दिएको समेत बताए।

जनताभन्दा माथि पार्टी नहुने भन्दै उनले आफूले गरेको निर्णय देश र जनताको पक्षमा रहेको समेत बताए।

आफूसहित ८ क्षेत्रमा नेकपा एमालेबाट स्वतन्त्र उम्मेदवारी परेको बताए। त्यस्तै प्रदेश सभाका १७ स्थानमा स्वतन्त्र उम्मेदवारी परेको उनले बताए। पूर्ण सूची आउन बाँकी रहेको उनले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस