बालेनका काका सत्यनारायणले पनि दिए स्वतन्त्र उम्मेदवारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालेनका काका सत्यनारायणले पनि दिए स्वतन्त्र उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेन्द्र साह (बालेन) का काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी महोत्तरी एकडाराका हुन् । तर कर्मभूमि जनकपुर भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका हुन् । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, सांस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।

तराई मधेसमा देखिएको विकृति र विसङ्गतिको समाधान राजनीतिक प्रणालीबाट मात्र सुधार गर्न सकिने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । आफूले चाहेको भए राजनीतिक दलबाट पनि टिकट लिन सक्ने उल्लेख गर्दै उनले सबैको सर्वप्रिय व्यक्ति बन्न स्वतन्त्र नै उम्मेदवारी दिएको बताए । 

बालेन काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्दा आफूहरूको कुनै सहयोग नरहेको पनि उनले बताए ।

बालेनले सहयोग गर्न चाहे भने आफूले नरोक्ने उनको भनाइ छ । राजनीतिक शुद्धीकरण अभियानमा लागेका उनले स्वतन्त्रबाट जित्नसके संसदबाट देशमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ लागिपर्ने बताए । 

धनुषा ३ मा सत्ता गठबन्धनबाट लोसपाका कार्यकारिणी सदस्य अनिल कुमार झा, जसपा र एमाले गठबन्धनबाट जुली महतोले पनि उम्मेदवारी दिएका छन् । उनीहरू प्रतिस्पर्धा गर्नका लागि साहले स्वतन्त्रमा उम्मेदवारी उनले दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस