निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न माग  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न माग 


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भएपछि त्यसलाई रोक्न सिराहा विकास मञ्चले माग गरेको छ।

सिराहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले आफूहरूले आगामी दिनमा कडाइ गर्न जिम्मेवार निकायलाई खबरदारी गरेको सिराहा विकास मञ्चका संयोजक रामरिझन यादवले बताए।

जिल्ला आचारसंहिता अनुगमन समिति सिराहालाई आचारसंहिता पालना गराउन ज्ञापनपत्र बुझाएको भन्दै संयोजक यादवले आचारसंहिता कार्यान्वयन गर्न जोड दिनुपर्ने बताए। 

निर्वाचन आयोग ऐन, २०७८ को परिच्छेद ४ को दफा १३ (१) (ण)निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख भएकाले अनुगमन समितिले आचारसंहिता विपरीतका वारदात रोक्नुपर्ने संयोजक यादवले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस