कालिकोटमा खोलाले बगाउँदा प्रहरी जवान बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कालिकोटमा खोलाले बगाउँदा प्रहरी जवान बेपत्ता


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । कालिकोटमा खोलाले बगाउँदा एक जना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदम रावत हरेका छन् ।

उनी कालिकोटको खाँडाचक्र नगरपालिका-८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

उनी बगेको खबर सोमबार बिहान साढे ९ बजे मात्रै प्राप्त भएको हो । प्रहरीका अनुसार उक्त क्षेत्र रहेको बाकुल्ला खोला बढेका कारण प्रहरी घटनास्थलमा पुग्न सकिरहेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस