बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड चलचित्र ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौँ आइपुगेकी छन् ।

आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन् ।

विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए । उनको नेपाल आगमनबारे केही खुलाइएको छैन । यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा आएको अनुमान छ ।

सुरज वर्जत्य निर्देशित चलचित्र ‘मैंने प्यार किया’बाटै बलिउड डेब्यु गरेकी भाग्यश्रीले सोही चलचित्रबाट सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड पनि जितेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस