वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ ।

ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको छ ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

१७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३-४ दिनदेखि फेरि समस्या बढ्दै गएको विज्ञप्तिमा भनिएको छ । युरिन इन्फेक्शन तथा निमोनियाका कारण उनलाई हिजोदेखि आईसीयूमा सारिएको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताए ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

हेर्नुस् विज्ञप्ती:

Tags :
प्रतिक्रिया दिनुहोस