तोडियो डडेल्धुरामा एमाले र काँग्रेस (बिपी) को गठबन्धन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तोडियो डडेल्धुरामा एमाले र काँग्रेस (बिपी) को गठबन्धन 


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली काँग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ।

एमालेले काँग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधि सभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।

उनी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्।

एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिक रूपमा निर्देशन नआएकाले प्रतिनिधि सभामा एकल उम्मेदवारी दिएको जनाएको छ।

उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रतिनिधि सभामा काँग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मल्ल नेपाली काँग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन्।

नेपाली काँग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो। त्यसपछि उनी काँग्रेस (बिपी) मा प्रवेश गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस